२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

खोटाङ हलेसी सेवा समाजद्वारा खोटाङे चिकित्सकहरू र समाजसेवी सम्मानित

shivam cement
मध्यान्ह
२०८२ वैशाख २७ गते २२:२९
खोटाङ हलेसी सेवा समाजद्वारा खोटाङे चिकित्सकहरू र समाजसेवी सम्मानित

काठमाडौं : खोटाङ हलेसी सेवा समाज काठमाडौंले २ दर्जन चिकित्सकसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । सेवा समाजको आठौं साधारणसभाका अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।

कोशी प्रदेश भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राई तथा कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले शनिबार सम्मान प्रदान गरे ।

No description available.

सम्मानित हुने चिकित्सकहरूमा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान डा. प्रा.डा. कृष्ण कुमार राई, वरिस्ठ मृगौला रोग विशेषज्ञ  विजयमानसिह कटुवाल, मुटुरोग विशेषज्ञ डा. सरोज घिमिरे, हाडजोर्नी विशेषज्ञ  डा.राजीव बास्तोला, डा. मनिष आचार्य, मनोरोग डा. कृष्ण राउत र बालरोग विशेषज्ञ डा पुनमध्वज राई तामाङ छन् । 

त्यसैगरी डा. शरत कटुवाल, डा. अविन्द्र राई, डा, राजीब रोका, डा. नारायण रिजाल, डा. विप्लव  रिजाल, डा. मिरा घिमिरे, डा. दर्शन घिमिरे, डा. यशोदा खड्का, डा. विशाल कार्की, डा. आस्था कटुवाल, डा. प्रकाश श्रेष्ठ, डा. आभासचन्द्र कटुवाल, डा. आशिष कार्की, डा. अशोक श्रेष्ठ, डा. जसविन श्रेष्ठ र डा. विशाल कार्कीलाई पनि समाजले सम्मान गरेको छ । 

समाजले समाजको अक्षयकोष स्थापनाका लागि योगदान गर्ने समाजका पूर्वअध्यक्ष कर्णराज कटुवाल, व्यवसायी टंक श्रेष्ठ, व्यवसायी रामजी कटुवाल, लक्ष्मी गिरी, राकेश राई, पत्रकार गणेश थापा, वरिष्ठ अधिवक्ता देवराज कटुवालसहितलाई पनि सम्मान गरेको छ । 

खोटाङ जिल्लाबाट काठमाडौं आइ बसोबास गरिरहेकाहरूले २०६७ सालमा समाज स्थापना गरेका हुन् ।

साधारणसभाको उद्घाटन समारोहमा  समाजका सल्लाहकार प्रा. डा. कृ्ष्ण कुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता नेपाल बारका कोषाध्यक्ष जगत बहादुर कार्की, खोटाङ सेवा समाजका राकेश राई, डुम्रेकोट सेवा समाजका अध्यक्ष मदन रिजाल, रावादुवे सेवा समाजका अध्यक्ष युवराज गुरूङ, बाटा पोखरी सेवा समाजका अध्यक्ष उमेश कुमार श्रेष्ठ, मात्तिम सेवा समाजका अध्यक्ष गोपीकृष्ण खड्का, दिक्तेल सेवा समाजका अध्यक्ष गोपालचन्द्र राई, सशस्त्र प्रहरीका पूर्वनायव महानिरीक्षक शम्भु कटुवाल, मध्यान्ह राष्ट्रिय दैनिक प्रधानसम्पादक मदनकुमार श्रेष्ठ, समाजसेवी कमल बहादुर कटुवाल, प्रहरी उपरीक्षक मिलन केसी, शसस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, युवा व्यवसायी हेमराज कार्की, प्रहरी नायव उपरीक्षक सुधिर राई, राष्ट्रिय व्यवसायी महासंघका पूर्वअध्यक्ष नरेश कटुवाल, समाजसेवी गोपाल सैजु, किराँत राई, यायोख्खा काँडाघारीका अध्यक्ष समाजसेवी तेजकुमार राई, दोलखनाथ ओझा, प्रहरी उपरीक्षक  सिताराम राई , उपसचिव चमिला भट्टराई, समाजसेवीहरू लक्ष्मी गिरी, खेम सुवेदी, युवा व्यवसायी चन्द्र केसी , रामजी कटुवाल कविन्द्र राई, गणेश बस्नेत, सल्लाहकार हिरा गुरूङ, टंक बहादुर श्रेष्ठ, नारायण न्यौपाने, सहसचिव सिता अधिकारी लगायत करिव २ सय जनाको सहभागिता रहेको थियो । 

No description available.

साधारणसभा उद्घाटन कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद् उपाध्यक्ष बम बानियाँ, राष्ट्रिय खेलकुद परिषद्का उपसचिव देवराज कटुवाल , वरिष्ठ अधिवक्ता जगत बहादुर कार्की, कर्णराज कटुवाल , वरिष्ठ अधिवक्ता देवराज कटुवालर, पत्रकार गणेश थापालाई पनि समाजमा लागि पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो  ।  
गत चैत १६ गते वनभोजमा समाजको अक्षयकोष स्थापनाका लागि पहलग र्ने व्यवसायी ओम अस्पताल तथा रिसर्च सेन्टरका निर्देशक टंक बहादुर श्रेष्ठ र अन्य दाताहरूलाई सम्मान गरिएको थियो ।

समाजकी तत्कालीन अध्यक्ष इन्दा थापाले प्रगति विवरण राख्दै २ वर्षमा २३ बैठक राखेको, पशुपति आरती, रक्तदान कार्यक्रम, ११ जना सदस्य निधनमा शोक व्यक्त, नयाँ वर्ष शुभकामना, वनभोज, क्यालेन्डर प्रकाशन, वीर अस्पतालमा विपन्न विरामीलाई सहायता गरेको भन्दै जिल्लाको भाषा संस्कृति, विदेशमा रहेकालाई समन्वय, बार्षिक भेटघाट गरेको बताइन् ।
शुभकामना मन्तव्य राख्दै वरिष्ठ अधिवक्ता देवराज कटुवालले २०४२ सालदेखि सक्रिय भएपनि २०६७ संस्थागत भएको जानकारी दिदै खोटाङ यातायात र स्वास्थ पछाडि परेको अवस्थाबाट अगाडि बढेको र यातायात र स्वास्थ क्षेत्रमा योगदान गर्नेहरूलाई खोजीखोजी सम्मान गरेको जानकारी दिए । अघिल्लो पटक १४ जना पाईलटलार्य सम्मान गरेकोमा यसपटक चिकित्सकलाई सम्मानित गरेको कटुवालले जानकारी दिए । 

कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल, न्यायाधीशद्वय डा. पर्शुराम भट्टराई, लक्ष्मी घिमिरे, बम बानियाँले समाजले जिल्ला र जिल्लावासीका लागि गरेको कार्य अनुकरणीय र अतुलनीय रहेको भन्दै साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्थाका प्रथम उपाध्यक्ष विजय घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव सुरेन्द्र कटुवालले गरेका थिए । 

No description available.

यसैबीच साधारणसभाले इन्दा थापाको अध्यक्षतामा १५ सदस्सीय कार्यसमिति चयन गरेको छ ।

समाजको प्रथम उपाध्यक्षमा अर्जुन गैरपिप्ली,  द्वितीय उपाध्यक्षमा परशुराम कटुवाल, तृतीय उपाध्यक्षमा रामजी कटुवाल, महासचिवमा सुरेन्द्र कटुवाल, सचिवमा कुमार बाबु बस्नेत, कोषाध्यक्षमा सुब्बा कटुवाल र सहकोषाध्यक्षमा प्रेम केसी चयन भएका छन् । 

यस्तै, सदस्यहरूमा काजी खड्का , प्रकाश राजभण्डारी , लक्ष्मीप्रसाद गिरी, सीता कार्की ,अन्जना थापा,दीपक पौडेल र पदम बञ्जारा छन् ।

ADV

सम्बन्धित खबर

Advertise