काठमाडौं : समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा विष्णु रैगाइ चयन भएका छन् । उपत्यका प्रदेश कमिटीको विशेष भेलाबाट रैगाइको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
कमिटीको खुल्ला उपाध्यक्षमा सुशन सर्जन रामदास र महिला उपाध्यक्षमा राधिका भट्टराई चयन भएकी छिन् भने सचिवमा योगेन्द्र चौलागाईं चयन भएका छन् ।
त्यस्तै सह–सचिव पुरुषतर्फ गणेश वि.क. र सह–सचिव महिलामा दीपा बोहरा चयन भएकी छन् । कोषाध्यक्षमा निरोज तोलाङ्गे चयन भएका छन् । सदस्यहरूमा टीका रसाइली, पुजा पौडेल, रमेश संग्रौला, डिग बहादुर श्रेष्ठ र रोशन राई चयन भएका छन् ।
भेलाबाट निर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले पद तथा गोपनिताको शपथ ग्रहण गराएका थिए ।
संगठनका संस्थापक सल्लाहकार एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठले पत्रकारिता जगतमा लाग्नेहरू भ्रष्टाचारी र अपराधिको पछि कहिल्यै नलाग्न आग्रह गरे ।