२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

समाजवादी प्रेस संगठन उपत्यका कमिटीको अध्यक्षमा रैगाइ

shivam cement
२०८२ वैशाख २७ गते २२:४८
Shares
समाजवादी प्रेस संगठन उपत्यका कमिटीको अध्यक्षमा रैगाइ

काठमाडौं : समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा विष्णु रैगाइ चयन भएका छन् । उपत्यका प्रदेश कमिटीको विशेष भेलाबाट रैगाइको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । 

कमिटीको खुल्ला उपाध्यक्षमा सुशन सर्जन रामदास र महिला उपाध्यक्षमा राधिका भट्टराई चयन भएकी छिन् भने सचिवमा योगेन्द्र चौलागाईं चयन भएका छन् ।

त्यस्तै सह–सचिव पुरुषतर्फ गणेश वि.क. र सह–सचिव महिलामा दीपा बोहरा चयन भएकी छन् । कोषाध्यक्षमा निरोज तोलाङ्गे चयन भएका छन् । सदस्यहरूमा टीका रसाइली, पुजा पौडेल, रमेश संग्रौला, डिग बहादुर श्रेष्ठ र रोशन राई चयन भएका छन् ।

भेलाबाट निर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले पद तथा गोपनिताको शपथ ग्रहण गराएका थिए ।  

संगठनका संस्थापक सल्लाहकार एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठले पत्रकारिता जगतमा लाग्नेहरू भ्रष्टाचारी र अपराधिको पछि कहिल्यै नलाग्न आग्रह गरे ।

सम्बन्धित खबर