२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

द्वन्द्वपीडितद्वारा मानव अधिकार आयोगको कार्यालयमा धर्ना

मध्यान्ह
२०८२ वैशाख २८ गते १५:५५
द्वन्द्वपीडितद्वारा मानव अधिकार आयोगको कार्यालयमा धर्ना

काठमाडौं : दशवर्षे सशस्त्र द्वन्द्वका पीडितहरूले पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा धर्ना दिएका छन् । संक्रमणकालीन न्याय टुंग्याउन बनाइएका दुई आयोगमा सिफारिस नामप्रति असन्तुष्टि जनाउँदै उनीहरूले आइतबार आयोगमा धर्ना दिएका हुन् ।

आयोगका तर्फबाट सिफारिस समितिकी सदस्य लिली थापाले दलगतरूपमा आएका नाम सिफारिस गरेको पीडितहरूको आरोप छ । द्वन्द्वपीडित सुमन अधिकारीले आफूहरूका माग सम्बोधन नभए कार्यालयमा ताला लगाउने र समानान्तर सत्यनिरुपण आयोग बनाएर आगाडि बढ्ने चेतावनी दिए ।

उनीहरूले दलका कार्यकर्ता सिफारिस नगर्न दबाब दिएर शनिबार माइतीघरमा विरोध ¥याली निकालेका थिए ।

यसअघि द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलीय भागबन्डा नभई निष्पक्ष एवं पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई आयोगको अध्यक्ष र सदस्यमा सिफारिस गर्न ध्यानाकर्षणपत्र बुझाएका थिए ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर