२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

रौतहटका नाकाबाट भैंसी तस्करी

सत्येन्द्र प्रताप सिंह
२०८२ वैशाख २८ गते २०:५३
रौतहटका नाकाबाट भैंसी तस्करी

रौतहट : रौतहटका अधिकांश नाकाबाट भैंसी तथा राँगा तस्करी हुने गरेको छ । जिल्लाको भारतसँग जोडिएका ३२ किलोमिटरमा नेपाल प्रहरीको चौकीहरु र सशस्त्र प्रहरीको बिओपी रहेपनि दैनिक रुपमा भैंसी, राँगा तस्करी निर्वाध रुपमा नेपाल भित्रिने गरेको छ । सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र तथा नेपाल प्रहरीका पोष्टका प्रमुखलाई प्रभावमा पारेर तस्करहरुले भारतीय नाकाबाट भैंसी, गाई, राँगा,  पाडी तस्करी गरी नेपाल भित्र्याउने गरेका छन् । 

भारतसँग जोडिएका औरैया, बन्जरहा, खापघिउरा, बंकुल, लक्ष्मीपुर बेलविछवा, रामपुर लगायतका बाटो भएर व्यापारीले भैंसी नेपाल भित्र्याएर राजपुर नगरपालिकाको कुडिया बजारमा ल्याउने गरेका छन् । कुडिया बजार नेपाल भारत सीमा क्षेत्र भन्दा करिव ५ किलोमिटर उत्तरमा रहेको बजार क्षेत्र हो । जहाँ राँगा भैंसीहरु भारतबाट तस्करीको माध्यमबाट ल्याएर काठमाडौं, पोखरा लगायत विभिन्न स्थानमा पठाउने गर्दछन् ।

ADV

सम्बन्धित खबर