२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ

shivam cement
२०८२ वैशाख २९ गते १८:४०
Shares
गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ

काठमाडौंः गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिएको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–३ घर भएका ५० वर्षीय राज कुमार श्रेष्ठलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

आफू गृहमन्त्रीको साथी हुँ भनि विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूलाई टेलिफोनमार्फत् गाली गलौच, डरत्रास तथा धाक धम्की दिइ दैनिक काम काजमा समेत बाधा अवरोध गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–८ तीनदोबाटोबाट पक्राउ गरेको हो ।

उनलाई राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा विरोध गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

सम्बन्धित खबर