२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

हिँड्नुपर्ने राजनीतिक कोर्स

ADV
२०८१ असार २४ गते ०६:३५
हिँड्नुपर्ने राजनीतिक कोर्स

सरकार परिवर्तन हुने निश्चित भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहित चार मन्त्री राजीनामा बुझाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए । तर राजीनामा पत्र बोकेर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरु फेरि मन्त्रालयमै फर्किए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि रास्वपाबाट सरकारमा रहेका चारै जना मन्त्री मन्त्रालय फर्किएका थिए । मन्त्रालय फर्किएपछि रास्वपाका सभापति समेत रहेका लामिछाने सहित चारै जनाले नियमित काम गरिरहेका छन् । सार्वजनिक बक्तव्य सहित मन्त्री लामिछानेले बाढी, पहिरो तथा डुबानमा परेकाहरुलाई उद्धार कार्यमा सक्रियता देखाएका छन् । उद्धार कार्यमा खटिएको संयन्त्रलाई प्रोत्साहित गर्नेगरी सार्वजनिक अभिव्यक्ति दिइरुहेका छन् । अरु मन्त्रीहरुले पनि नियमित काम गरिरहेका छन् । मुलुकमा उत्पन्न बिपद्बाट नागरिकको जीवन रक्षाका निम्ति मन्त्रीहरुले गरिरहेको प्रयत्न प्रशंसनीय नै छ । 

तर सँगै नेपाली कांग्रेस र नेकपा एमालेले गरिरहेको तर्क पनि उत्तिकै महत्वपूर्ण छ । संसद्को पहिलो र दोस्रो दल मिलेर नयाँ सरकार बनाउने सहमति गरिसकेकाले प्रधानमन्त्री प्रचण्डले पद लम्ब्याउनेतिर लाग्न उचित होइन । किनकि यो सरकारले दीर्घकालीन महत्वको निर्णय गरे आउनेवाला सरकारले उल्ट्याउने परम्परा नै छ । प्रदेश प्रमुख, राजदूत सिफारिस देखि ठूला नियुक्तिहरु समेत उल्ट्याउने सरकारले दीर्घकालीन महत्वका अरु निर्णय नउल्ट्याउने भन्ने सवाल नै हुन्न । त्यसैले बहुमत गुमाइसकेको सरकारले दीर्घकालीन महत्वको निर्णय नगरकै राम्रो हुन्छ । लोकतान्त्रिक मान्यताका हिसाबले पनि जानेवाला सरकारले ठूलो निर्णय गर्न हुन्न । 

यसको अर्थ वर्तमान सरकारले कामचलाऊ निर्णयहरु मात्र गर्न सक्छन्, र त्यस्ता निर्णय मात्र कार्यान्वयन संभव छ । पक्कैपनि अहिलेको समय सरकार परिवर्तन गरिरहने होइन । बाढी, पहिरो र डुवानले ठूलो संख्यामा नागरिकले ज्यान गुमाइरहेका छन् भने भौतिक संरचनामा नोक्सानी भइरहेको छ । त्यस्तो बेला सरकार फेर्ने, मन्त्री फेर्ने जस्ता कार्यमा अल्मलिन उचित होइन । तर कांग्रेस र एमाले जस्तो जिम्मेवार दलहरुले यसतर्फ ध्यान नदिइ केपी शर्मा ओलीको नेतृत्वमा अर्को सरकार बनाउने निर्णय गरेका छन् । ओली आउने निर्णयले राज्य सत्ताको ध्यान बालकोटतिर केन्द्रीत देखिन्छ । तर यस्तो दृष्यबीच प्रधानमन्त्रीले राजीनामा गर्नुका साटो राजीनामा बोकेर आउने मन्त्रीहरुलाई समेत रोक्नुले राम्रो सन्देश जादैन । सकेसम्म छिटो मार्ग प्रशस्त गर्ने बातावरण बनाइनुपर्छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise