२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

लागुऔषधसहित १ जना पक्राउ

बिन्द्र राई
२०८२ वैशाख ३१ गते १७:२५
लागुऔषधसहित १ जना पक्राउ

उदयपुर : उदयपुरमा प्रतिबन्धित लागुऔषधसहित १ जना पक्राउ परेका छन् । प्रहरी चौकी लालपत्ताबाट मंगलबार खटिएको प्रहरी टोलीले लालपत्ता चेकपोष्टबाट २७ एम्पुल प्रतिबन्धित लागुऔषधसहित १ जनालाई पक्राउ गरेको हो ।

लहानबाट गाईघाटतर्फ आउँदै गरेको ना १ ज ६८९३ नम्बरको विङ्गरमा यात्रा गरिरहेका त्रियुगा नगरपालिका-१३ बस्ने अन्दाजी २१ वर्षीय पारस राईलाई चेकजाँच गर्ने क्रममा डाईजेपाम ९
एम्पुल, फेनारागन ९ एम्पुल र बुप्रिनोर्फिन ९ एम्पुल गरी जम्मा २७ एम्पुल प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर