२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

१७ हजार बंगलादेशी कामदार मलेसिया प्रवेशमा रोकिए, बंगलादेशको आग्रह मलेसियाद्वारा अस्वीकार

Nada
तिलोचन गौतम
२०८१ जेठ २३ गते ०६:४०
Shares
१७ हजार बंगलादेशी कामदार मलेसिया प्रवेशमा रोकिए, बंगलादेशको आग्रह मलेसियाद्वारा अस्वीकार

क्वालालम्पुर : मलेसियाले गत मे ३१ तारिकमा समाप्त भएको विदेशी कामदार प्रवेशको अन्तिम मितिमा कुनै संशोधन र पुनर्विचार नहुने स्पष्ट पारेको छ । मे ३१ तारिकको निर्धारित अवधिमा  वर्क पर्मिट अन्तर्गत भिसा स्वीकृत गरेका, तर मे ३१ को म्यादमा मलेसिया प्रवेश गर्न नसकेका झण्डै १७ हजार बंगलादेशी कामदारलाई प्रवेश अवधि थपेर मलेसिया पुग्न अनुमति दिन बंगलादेशले मलेसियालाई अनुरोध गरेको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

ncell

त्यस विषयमा मंगलबार सोधिएको एक प्रश्नको उत्तरमा गृहमन्त्री दातुक सेरी सैफुद्दीन नासुशन इस्माइलले विदेशी कामदारको भिसा प्रक्रिया व्यवस्थापन गर्न दिइएको अवधि उचित र पर्याप्त भएकाले बंगलादेशको अनुरोध स्वीकार गर्न नसकिने बताएका छन् ।

मे २८ देखि ३१ तारिकसम्म २० हजारभन्दा बढी विदेशी कामदार मलेसिया प्रवेश गरेको र उनीहरूमध्ये केही १० वर्ष पहिले भिसा स्वीकृत भएकाहरू पनि रहेको उनले बताए । आगामी  डिसेम्बरसम्ममा मलेसियामा २६ लाखभन्दा बढी विदेशी कामदारको संख्या पुग्ने भन्दै गृहमन्त्री इस्माइलले उक्त संख्या मलेसियाको आर्थिक योजना इकाई (इपीयू)ले तोकेको २५ लाखभन्दा एक लाख बढी हुने बताए ।

उत्पादन, निर्माण र सेवा क्षेत्रमा विदेशी कामदार पर्याप्त देखिएको भन्दै गृहमन्त्री इस्माइलले प्लान्टेसन (वृक्षारोपण) र कृषि क्षेत्रका लागि नयाँ स्वीकृतिबाट विदेशी कामदार नलिइ हालको कोटाभित्रै रहेर प्रक्रिया अघि बढाउने बताए ।

सम्बन्धित खबर