२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश

Nada
२०८२ जेठ २ गते १८:४३
Shares
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

ncell

न्यायाधीशद्वय कुमार चूडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले नेपालखबरलाई जानकारी दिए। 

मिश्र गत चैत १५ गते पक्राउ परेका थिए। काठमाडौँको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो। 

मिश्रलाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी श्रीमती सारिका कार्कीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिईन् ।

उक्त बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको हो ।

ताजा खबर

सम्बन्धित खबर