काठमाडौं : थाइल्यान्डसँग मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३१ सदस्यीय टोलीको घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डसँग मैत्रीपूर्ण खेलका निम्ति ३१ सदस्य रहेको टोली घोषणा गरेका हुन् ।
एन्फाका अनुसार टोलीमा गोलकिपरमा एन्जिला टुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ र लिला जोशी रहेका छन् ।
रक्षकहरूमा गीता राना, निशाा ठोकर, अमृता जैशी, पुजा राना, बिमला बिक, मन माया दमाई, समीक्षा घिमिरे, प्रतिक्षा चौधरी र सविना चौधरी छन् ।
मिड फिल्डरमा रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बू, सरस्वती हमाल, हिमा राउट, तुलसा बोहरा, बिला चौधरी, अनिता बस्नेत, सबिता राना मगर र सुष्मा तामाङ छन् ।
स्ट्राइकरमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चण्ड्रा भण्डारी, अनिता केसी, मिना देउवा, ममता पुन र पुर्णिमा राई छन् ।
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन् । आगामी मे ३० र जुन ३ मा नेपाल र थाइल्यान्डले मैत्रीपूर्ण खेल खेल्दैछन् ।