२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

माओवादी केन्द्र जनताको पक्षमा काम गर्ने पार्टी हो : प्रचण्ड 

Nada
२०८२ जेठ ४ गते ११:२३
Shares
माओवादी केन्द्र जनताको पक्षमा काम गर्ने पार्टी हो : प्रचण्ड 

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्य पहाडी लोकमार्ग केन्द्रित जनअभियान सञ्चालन गरिएको बताएका छन्। उनले स्थानीयतालाई संरक्षण र प्रवर्द्धन गर्दै जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै रहेको दाबी गरे।

ncell

उनले अभियान अन्तरगत सुर्खेतको राकम कर्णालीमा आइतबार आयोजित जनसंवाद  कार्यक्रममा सुशासन प्रवर्द्धन गर्न र आवश्यकता परे भ्रष्टाचारविरुद्ध नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए।

यो अभियान जनताको प्रत्यक्ष सहभागिता र भावनालाई आधार मानेर अघि बढाइएको उनले बताए। गरिब, किसान, मजदुर, उत्पीडित समुदाय, सहिद परिवार, बेपत्ता व्यक्तिका आफन्त, जनयुद्धका घाइते तथा अपांग नागरिकहरूसँग भेटघाट गर्दै अभियान अगाडि बढाइएको उनको भनाइ थियो। 

ताजा खबर

सम्बन्धित खबर