२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रसुवाबाट साढे ७ किलो बढी सुन बरामद

shivam cement
२०८२ जेठ ४ गते १७:५८
Shares
रसुवाबाट साढे ७ किलो बढी सुन बरामद

काठमाडौं : रसुवाबाट काठमाडौंतर्फ ल्याउँदै गरिएको सुन प्रहरीले बरामद गरेको छ । बरामद गरिएको सुनको तौल ७ किलो ६५३ ग्राम रहेको पुष्टि भएको छ ।

तर हालसम्म सुन परीक्षण भएको छैन । बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण पौडेलले सुनको वास्तविकता पुष्टि गर्न अझै परीक्षण गर्न बाँकी रहेको जानकारी दिए । उनले भने, "सुन हो कि होइन भन्ने पुष्टि गर्न प्रयोगशालामा पठाउनेछौं, अहिले परीक्षण भइसकेको छैन ।"

प्रहरीले गोसाइकुण्ड गाउँपालिका–२ मा नियमित चेकजाँचको क्रममा स्याउको डिब्बा भित्र, चालक सिटको ढोकामा बनाइएको फल्स बटम (नक्कली तह) मा लुकाइएको सुन फेला पारेको हो ।

सुनसहित पक्राउ परेका व्यक्ति गोसाइकुण्ड गाउँपालिका–५ निवासी किशोर कुमार भुजेल रहेका छन् । प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

सम्बन्धित खबर