२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा मार्‍यो छापा, गृहका सहसचिव भट्टराई पक्राउ

G Motors
मध्यान्ह
२०८२ जेठ ७ गते १७:५३
अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा मार्‍यो छापा, गृहका सहसचिव भट्टराई पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।  धेरै पैसा असुल गरी भिजिट भिसामा विदेश पठाउने गरेको उजुरी आउन थालेपछि अख्तियारले अध्यागमन कार्यालयमा छापा मारेको हो ।

अख्तियारको टोलीले विभागको कम्प्युटर तथा विभिन्न डिभाइसहरू नियन्त्रणमा लिएको छ । 

यसबीच अख्तियारले गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ ।

भट्टराईलाई गृह मन्त्रालयले मंगलबार मात्रै बढुवा गरेर गृहमन्त्रालयमा झिएको थियो । यसअघि उनी  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए । उनको ठाउँमा पाँचथरका प्रमुख जिल्ला अधिकारी रहेका विष्णु कोइरालालाई पठाइएको छ ।  

यसअघि एलडीओ हुँदा पनि भट्टराईमाथि भ्रष्टाचार मुद्दा लागेको थियो । उनी पटकपटक विवादमा पर्दै आएका व्यक्ति हुन् ।

ADV

सम्बन्धित खबर

Advertise