२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

बक्र इदको अवसरमा कतारमा खुला पुरुष भलिबल प्रतियोगिता हुने

shivam cement
तिलु शर्मा पौडेल
२०८२ जेठ ९ गते १९:३८
Shares
बक्र इदको अवसरमा कतारमा खुला पुरुष भलिबल प्रतियोगिता हुने

दोहा कतार : रोयल नेपाल यूथ एसोसिएसन ठकुरी ग्रुप कतारले "अन्तर नेपाली समुदाय खुला पुरुष भलिबल प्रतियोगिता” आयोजना गर्ने भएको छ । इस्लाम धर्मालम्बीहरुको दोस्रो ठूलो पर्व बक्र इद (इद-उल-अज्हा) को अवसरमा उक्त भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको बिहीबार राति आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

सम्मेलनमा समाजका प्रमुख सल्लाहकार राजन चापागाईंले कतारमा भलिबलप्रति निकै आकर्षण रहेको बताउँदै सबैबाट साथ सहयोगको अपेक्षा गरेको बताए । उनले कतारमा नेपाली समुदायले आयोजना गर्ने अन्य कार्यक्रममा भन्दा भलिबलमा धेरै नेपालीहरूको साथ तथा उपस्थिति रहने गरेको स्मरण गरे ।  प्रतियोगिता प्रचलित नियम र कानुनमा रहेर सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । करिब पौने २ लाख नेपाली रुपैयाँ (५ हजार कतारी रियाल) प्रथम पुरस्कार राशि राखिएको प्रतियोगितामा दोस्रो पुरस्कार करिब १ लाख रुपैयाँ (३ हजार रियाल), तेस्रो पुरस्कार ५५ हजार नेपाली (१५ सय रियाल) राखिएको छ भने सान्त्वना पुरुषकार १७ हजार (५ सय रियाल) समेत व्यवस्था गरिएको छ । 

 करिब १३ हजार नेपाली रुपैयाँ (३५१ कतारी रियाल) टिम दर्ता शुल्क तोकिएको प्रतियोगिता सनैयाको स्ट्रिट ५२ नम्बरको लेफ्ट साइडमा खेलाइने खेलको आगामी महिनाको ५ तारिकमा उद्घाटन गर्ने कार्यतालिका रहेको जानकारी दिइयो । सम्मेलनमा दिइएको जानकारी अनुसार खेलको कुल लागत करिब १० लाख रुपैयाँ( २८ हजार रियाल) अनुमान गरिएको छ । 

पूर्व धावक तथा पत्रकार विकास शाहीले सम्मेलनलाई सम्बोधन गर्दै कामका अलावा खेलका लागी नेपालीहरूले कतारमा गरेको योगदान प्रशंसनीय रहेको बताए । सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै ग्रुपका अध्यक्ष केशु मल्ल ठकुरीले युवाहरू समाज परिवर्तनको मेरुदण्ड रहेको हुँदा पहिलो पटक भलिबल प्रतियोगिताको आयोजना गरिएकाले कतारमा रहेका सबै नेपालीहरूबाट साथ सहयोगको अपेक्षा गरेको बताए ।

ताजा खबर

सम्बन्धित खबर