काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक सुरु भएको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको सचिवालयको ‘भर्चुअल’ बैठक सुरु भएको जानकारी दिए । रास्वपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठकसमेत डाकेको छ ।
पार्टी सभापति रवि लामिछानेका विषयमा शुक्रबार सर्वोच्चको आदेशपछि रास्वपाले आज सचिवालय र केन्द्रीय समितिको बैठक डाकेको हो । सर्वोच्च अदालतले सभापति लामिछानेलाई थुनामा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासका आदेशलाई सदर गरेको थियो ।