काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण विदेशी कामदार आउन छोडेपछि मलेसियाका रोजगारदाताहरुले विदेशी श्रमिक लिन सहज बनाइदिन सरकारको ध्यानाकर्षण गराएका छन् । फेडेरेशन अफ मलेसियन म्यानुफ्याक्चरर (एफएमएम) ले कामदारको कमीले व्यवसाय सञ्चालन गर्न समस्या परेको भन्दै सकेसम्म छिटो विदेशी कामदार आउने व्यवस्थामा सहजिकरण गरिदिन आग्रह गरेको छ ।
मलेसियामा एफएमएम धेरै रोजगारदाता संलग्नहरुको संस्था मानिन्छ । उक्त संस्थाका अध्यक्ष सोह थियान लीले औद्योगिक क्षेत्रलाई विदेशी कामदार आवश्यक रहेका कारण छुट्टीमा घर फर्किएका कामदारलाई मलेसिया फर्किन सहज गरिदिन माग गरेका छन् ।
मलेसियामा विभिन्न १५ देशका १७ लाख बढी विदेशी कामदार रहेका छन् । त्यसमा नेपाली कामदारको संख्या तीन लाख पचास हजार भन्दा केही बढी रहेको छ । कोभिड–१९ का कारण मलेसियाले नयाँ कामदारका एप्रुभल दिएको छैन ।
अध्यक्ष लीले मलेसियामा विदेशी कामदारले कम तलबमा तल्ला पदमा काम गर्ने गरेको र स्थानीयले तल्ला र कम पारिश्रमिक पाउने काममा रुची नराख्ने भन्दै व्यवसाय चलाउन मानवीय जनशक्ति अपरिहार्य रहेको बताएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies