काठमाडौं : नेकपा (एकीकृत समाजवादी) र जनसेवा नेपाल मोर्चाबीच एकता भएको छ । आइतबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा जनसेवा नेपाल मोर्चा एकीकृत समाजवादीमा समाहित भएको हो ।
नेकपा (एकीकृत समाजवादी) ललितपुर र रामेछाप जिल्ला कमिटीको संयोजनमा पार्टी एकता गर्ने कार्य सम्पन्न भएको हो ।
मोर्चाबाट पार्टीमा समाहित नेताहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव रामकुमार भट्टराई, सचिव मेटमणि चौधरीलगायले स्वागत गरेका थिए ।
सविन पुलामीको नेतृत्वमा उक्त मोर्चा एकीकृत समाजवादीमा समाहित बनेको हो ।