२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सरकारले एकैदिन दियो ३३ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी

ADV
मध्यान्ह
२०८१ असार २५ गते ११:४२
सरकारले एकैदिन दियो ३३ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी

काठमाडौं : चालु आर्थिक वर्षको भुक्तानीको अन्तिम दिन सरकारले एकै दिन ३३ अर्ब ६१ करोड रुपैयाँ माथिको भुक्तानी दिएको छ ।

असार २४ गते सरकारी कार्यालय, विभाग तथा मन्त्रालयहरूले काटेको चेक तथा भुक्तानीमा एकमुस्ट ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ खर्च भएको हो । 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सोमबार ९ अर्ब ८५ करोड २३ लाख रुपैयाँ बराबरको चालु खर्च भुक्तानी गरिएको छ । त्यस्तै १४ अर्ब ४० करोड रुपैयाँ बराबरको पुँजीगत खर्चको भुक्तानी भएको छ ।

सार्वजनिक ऋणको सावा भुक्तानी र संस्थानहरूमा गरिने लगानीको लागि विनियोजन गरिएको वित्तीय व्यवस्थापन खर्च सोमबार मात्रै ९ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ भएको छ ।

असार १ गतेयता मात्र १ खर्ब ७७ अर्ब १२ करोड ७१ लाख रुपैयाँ बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो आर्थिक वर्षको कूल बजेटको १० प्रतिशतमाथिको खर्च हो ।

यो वर्ष विनियोजित बजेटको ७७.४४ प्रतिशत मात्र खर्च भएको छ । कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको सरकारले चालुतर्फ ९ खर्ब ३३ अर्ब ८५ करोड ५४ लाख रुपैयाँ (विनियोजित बजेटको ८१.७९ प्रतिशत) खर्च गरेको छ भने पुँजीगत अर्थात विकास खर्चतर्फ जम्मा १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख रुपैयाँ (विनियोजित बजेटको ५६.९७ प्रतिशत) खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise