२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

उत्तेजक अभिव्यक्ति नदिन कांग्रेस महामन्त्री थापाले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

मध्यान्ह
२०८२ जेठ १२ गते १६:५३
उत्तेजक अभिव्यक्ति नदिन कांग्रेस महामन्त्री थापाले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति नदिन आग्रह गरेका छन् ।

कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीलाई आगामी दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा १५ जेठमा राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए । उक्त अभिव्यक्तिप्रति कांग्रेस महामन्त्री थापाले आपत्ति जनाएका हुन् ।

महामन्त्री थापाले कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नपाइने भन्दै प्रधानमन्त्री स्वयंले नै उत्तेजक अभिव्यक्ति दिनु कल्पनाभन्दा बाहिरको कुरा भएको बताए ।

उनले भने, ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन । त्यसैले जे जस्ता कुराहरू बाहिर सुनियो, त्यस्ता कुराहरू आइन्दा नदोहोरियोस् ।’

ADV

सम्बन्धित खबर