२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

उदयपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

ADV
बिन्द्र राई
२०८१ असार २५ गते १३:२१
उदयपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

उदयपुर : उदयपुरमा लगातारको वर्षाका कारण आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पहिरोले पुरिएर मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नम्बर १५ खाँबुस्थित तोरीबारी बस्ने ९ वर्षीया रुपकला मगर रहेको त्रियुगा नगरपालिका-१५ का वडाध्यक्ष गणेश तिम्सिनाले जानकारी दिए । घाइते हुनेहरुमा मृतक बालिकाकी आमा ४० वर्षीया हिराकुमारी मगर र ७ वर्षीय योगेश मगर रहेको उनले बताए ।

घाइतेहरुको स्थानीय खावु स्वास्थ्य चौकीमा प्राथमिक उपचारपश्चात जिल्ला अस्पताल उदयपुर पठाइएको वडाध्यक्ष तिम्सिनाले जनकारी दिए । उनले पहिरोले तोरीबारीका ४ वटा घर बगाएको छ भने ७ वटा घर पूर्ण जोखिममा रहेको बताए ।

त्यस्तै गत २२ गते अमृत खोलाले बगाउँदा रौतामाई ५ आप्टार बस्ने नरेन्द्र राईका छोरा ५ वर्षीय राज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise