२०८२ जेठ १४ गते बुधवार / May 28 , 2025 , Wednesday
२०८२ जेठ १४ गते बुधवार
Ads

राष्ट्रिय युवा संघमा क्षितिज थेबेको प्यानलै विजयी

मध्यान्ह
२०८२ जेठ १३ गते २०:०८
राष्ट्रिय युवा संघमा क्षितिज थेबेको प्यानलै विजयी

काठमाडौं : नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपालको पाँचौं महाधिवेशनमा क्षितिज थेबे नेतृत्वको प्यानलले पूरै जित हात पारेको छ ।

भर्खरै सार्वजनिक भएको नतिजाअनुसार, अध्यक्ष पदमा क्षितिज थेबे १८८ मतको अग्रतासहित विजयी भएका छन् । उनले कुल ७९७ मत प्राप्त गर्दा उनका नजिकका प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत ल्याए ।

त्यस्तै, महासचिव पदमा महेश चौलागाईं विजयी भएका छन् । उनले ७५५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धीले ६४९ मत पाएका थिए ।

महाधिवेशनमा जम्मा १ हजार ७६४ जना प्रतिनिधिहरू सहभागी थिए, जसमध्ये १ हजार ४०४ जनाले मतदान गरेका थिए ।

यसअघि नेताहरूले क्षितिज थेबेको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेका थिए । तर सुमन पुरीले चुनावको माग गर्दै सहमति अस्वीकार गरेपछि अन्ततः मतदानमार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।

महाधिवेशनमा पदाधिकारीसहित सदस्य पदका लागि कुल ३९९ जनाले उम्मेदवारी दिएका थिए । यस निर्वाचनमार्फत ९ जना पदाधिकारी र १ सय ५१ सदस्य रहने गरी केन्द्रीय समिति चयन हुनेछ । त्यस्तै, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरी थप १ सय ६३ पदमा पनि निर्वाचन हुनेछ ।

ADV

सम्बन्धित खबर