२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कर्जा ग्राहकका लागि एनआईसी एशिया बैंकको छुट योजना

Nada
२०८१ असार २५ गते १३:४२
Shares
कर्जा ग्राहकका लागि एनआईसी एशिया बैंकको छुट योजना

काठमाडौं : एनआईसी एशिया बैंकले कर्जा ग्राहकलाई प्रदान गरिने छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ ।

ncell

जसअनुसार बैंकले २०८० चैत्र मसान्तसम्ममा एक वर्ष भन्दा बढी भाखा नाघेका ऋणीले सम्पूर्ण कर्जा रकम यही आषाढ महिना भित्रमा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा ३५ प्रतिशत छुट दिने घोषणा गरेको छ । 

यस्तै भाखा नाघेको ९१ दिनदेखि १८० दिन र १८१ दिनदेखि ३६५ दिनसम्म भएका ऋणीले साधारण ब्याज रकममा क्रमशः १५ र २५ प्रतिशत छुट पाउनेछन् । 

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने उद्देश्यले उक्त योजना ल्याएको बैंकको भनाइ छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भइ लाभ लिन सक्ने बैंकले बताएको छ ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर