२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

नेशनल लाइफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

shivam cement
मध्यान्ह
२०८१ असार २५ गते १३:४७
नेशनल लाइफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सले नेशनल अवार्डअन्तर्गत नेशनल रत्न छनोट हुन सफल अभिकर्ताहरूलाई नेपालगञ्ज र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । 

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा भएको सम्मान कार्यक्रममा प्रबन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरूलाई आ–आफ्नो लक्ष्य पूरा गर्ने अन्तिम अवसर भएको हुँदा यस समयमा टिम लिडर अभिकर्ताहरूले विशेष चनाखो भइ आफ्नो र मातहतका अभिकर्ताहरूको लक्ष्य प्राप्तिमा विशेष जोड दिनुपर्ने बताए । 

समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरूलाई खत्रीले नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरे ।  खत्रीले नेपालको बिमा बजारमा बीमितहरुलाई सबैभन्दा बढी बोनस प्रदान गर्दै आएको कम्पनीले पुनः आफ्नो बोनस दरलाई सबै जनाको प्रयासबाट यथावत राख्न सफल भएको बताए । 

उनले नेशनल रत्नमा छनोट हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीयरुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार नेपालगञ्जमा लुम्बिनी र कर्णाली प्रदेशका अभिकर्ताहरूलाई र महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise