काठमाडौं : बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठक सकिएको छ । बैठकमा हाल जारी संसद् अवरोध र गृहमन्त्री रमेश लेखकको राजीनामासम्बन्धी विषयमा गहन छलफल भएको थियो ।
बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् अवरुद्ध नै राख्ने निर्णय गरेको छ ।
बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेता सहभागी थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा सहभागी भएन ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोनमार्फत संसद् अवरोध खोल्न आग्रह गरेका थिए । तर, प्रचण्डले गृहमन्त्रीको राजीनामा नभएसम्म आफूहरू संसद् चल्न दिने पक्षमा नरहेको जवाफ दिएका छन् ।