२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

सत्तारुढ दलहरुको निष्कर्ष : गृहमन्त्रीले राजीनामा दिनुपर्दैन

मध्यान्ह
२०८२ जेठ १४ गते १२:४३
सत्तारुढ दलहरुको निष्कर्ष : गृहमन्त्रीले राजीनामा दिनुपर्दैन

काठमाडौं : भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रतिपक्षी दलहरुको दबाबलाई सत्ता पक्षले अस्वीकार गरेको छ । बुधबार बिहान बालुवाटारमा बसेको सत्तारूढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री लेखकले पद नछाड्ने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री लेखक र दुवै दलका प्रमुख सचेतकहरूको सहभागितामा सम्पन्न बैठकले गृहमन्त्रीले संसदमा उपस्थित भएर आवश्यक स्पष्टीकरण दिने र राजीनामाको कुनै आवश्यकता नरहेको निष्कर्ष निकालेको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले नै गृहमन्त्रीको राजीनामा आवश्यक नरहेको स्पष्ट पारेका थिए। कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले पत्रकारहरूसँग कुरा गर्दै भने, "गृहमन्त्रीमाथि प्रश्न उठेको नै छैन, त्यसैले न त उनी राजीनामा दिनुपर्ने अवस्था छ, न छानबिन समिति गठनको कुनै आधार ।"

उनले थपे, "कर्मचारीमाथि प्रश्न उठेको हो भने मन्त्रीमाथि किन छानबिन समिति बन्ने ? मन्त्रीले जवाफ दिनुपर्ने अवस्था पनि आएको छैन ।"

यता, प्रतिपक्षी दलहरूले भने गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा संलग्न भएको आरोप लगाउँदै उनलाई जिम्मेवारी लिनुपर्ने माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठक विपक्षीको अवरोधका कारण स्थगित भएको थियो भने बुधबारको बैठक पनि अवरुद्ध गर्ने विपक्षी दलहरुले निर्णय गरिसकेका छन् ।

ADV

सम्बन्धित खबर