२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

नेपाल ओलम्पिक कमिटीद्वारा नेपाल खेलकुद पत्रकार मञ्चका पदाधिकारीलाई बधाई

मध्यान्ह
२०८२ जेठ १४ गते १३:४२
नेपाल ओलम्पिक कमिटीद्वारा नेपाल खेलकुद पत्रकार मञ्चका पदाधिकारीलाई बधाई

काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले एनओसीलाई लिएर अहिले भइरहेको विवादमा पक्षविपक्षबीचको सीमांकन ‘क्लियर’ गरेर खेलकुदलाई स्थापित गर्नुपर्ने बताएका छन् ।

एनओसीद्वारा आज आयोजित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रममा उनले नेपालको खेलकुदलाई सही बाटोमा लग्न, नेपाली खेलाडीलाई उन्नत बनाउन र खेलको महत्वलाई बुझाउन जिम्मेवारीपूर्वक अगाडि बढिरहेको बताए । 

अध्यक्ष श्रेष्ठले ओलम्पिक अभियानलाई प्रवर्द्धन गर्न एनओसी र नेपाल खेलकुद पत्रकार मञ्चबीच सहकार्य गर्दै अगाडि बढुनुपर्नेमा जोडसमेत दिए ।  त्यसैगरी एनओसीका महासचिव राजीव श्रेष्ठले सरकारी निकायमा रहेका व्यक्तिको अहंमता र अदूदर्शीताले नेपाल खेलकुद समस्या रहेको र खेलाडीको भविष्य अन्योलमा परेको बताए । 

उनले आफूहरु सरकार विरोधी नभएको र सरकारसँग हातेमालो गरेर नेपाली खेलकुदलाई विश्वसामु लग्न र खेलाडीहरुको हकहितका लागि काम गर्न चाहने बताउँदै यसका लागि सरकारबाट सकारात्मक सहयोगको अपेक्षा रहेको बताए ।

एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले एनओसी र एनएसजेएफ अन्तर्राष्ट्रिय संरचनमा हेर्दा समान प्रकृतिको संस्था भएको बताउँदै यी दुई संस्थाको सहकार्यको शृंखला लामो भएको बताए । उनले पत्रकारिताको स्वरुप फरक भइरहेको अहिलेको डिजिटल युगमा नेपाली खेल पत्रकारहरु अझ क्षमतावान बनाउन आफ्नो प्रयास रहने बताए ।

एनओसीले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना प्रदान गरेको थियो । गत वैशाख २५ गते भएको एनएसजेएफको २०औं साधारणसभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । 

ADV

सम्बन्धित खबर