२०८२ जेठ १६ गते शुक्रवार / May 30 , 2025 , Friday
२०८२ जेठ १६ गते शुक्रवार
Ads

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

मध्यान्ह
२०८२ जेठ १५ गते ११:४८
मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

पर्सा  : वीरगञ्जमा सञ्चालित मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि वीरगञ्ज बासर्सले जितेको छ ।

आर्दशनगर रंगशालामा बुधबार राति भएको फाइनल खेलमा वीरगञ्ज बासर्सले टाइटन ११ लाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो । सुरुआती ब्याटिङ गरेको टाइटन ११ ले ४ विकेटको क्षतिमा १५ ओभरमा ७५ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको वीरगञ्जले ७ दशमलव ३ ओभरमा चार विकेट गुमाएर ७८ रनको योगफल तयार पार्दै उपाधि जितेको हो । 

विजेता टोलीलाई रु. दुई लाख ५१ हजार र प्रमाणपत्र तथा उपविजेता टाइटन ११ लाई पनि नगद रु. दुई लाख पुरस्कार र प्रमाणपत्र पाएको हो । उपाधि विजेता तथा उपविजेतालाई वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुरस्कार प्रदान गरेका थिए । 

ADV

सम्बन्धित खबर