२०८२ जेठ १६ गते शुक्रवार / May 30 , 2025 , Friday
२०८२ जेठ १६ गते शुक्रवार
Ads

खेलकुद मन्त्रालयको बजेट ६ अर्ब ८ करोड

मध्यान्ह
२०८२ जेठ १५ गते १६:३४
खेलकुद मन्त्रालयको बजेट ६ अर्ब ८ करोड

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका छन् । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले युवा र खेलकुद क्षेत्रको समग्र विकासमा बजेट केन्द्रित गरिएको उल्लेख गरे ।

बजेट अनुसार, १६ वर्षभन्दा माथिका युवाहरुलाई स्वयंसेवा परिचयपत्र प्रदान गरिनेछ । साथै, युवाहरुलाई व्यवसायमा प्रोत्साहन गर्न दुईदेखि तीन लाख रुपैयाँसम्मको बिना धितो ऋण तीन प्रतिशत ब्याजदरमा उपलब्ध गराइनेछ ।

खेलकुद क्षेत्रको पूर्वाधार तथा व्यावसायिकता विकासमा लगानी बढाइनेछ । निजी क्षेत्रलाई खेल पूर्वाधार निर्माणमा लगानी गर्न प्रोत्साहन गरिनेछ । झापामा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि ४२ करोड रुपैयाँ छुट्याइएको छ भने कीर्तिपुर क्रिमेट मैदान निर्माण तथा स्तरोन्नतीका लागि पनि यति नै रकम विनियोजन गरिएको छ ।

चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाका लागि सरकारले अनुदान उपलब्ध गराउनेछ । साथै, कर्णालीमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ५४ करोड रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै, एन्टी डोपिङ कार्यक्रम, खेलाडी र प्रशिक्षक प्रोत्साहन, महिला खेलाडीको विकासका लागि विशेष प्रशिक्षण र प्रशिक्षकको व्यवस्था गरिनेछ । फाप्ला, मुलपानीलगायतका क्षेत्रीय रङ्गशालाको निर्माणका लागि आवश्यक बजेट पनि छुट्याइएको छ ।

ADV

सम्बन्धित खबर