उदयपुर : उदयपुरमा गाँजासहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको संयुक्त प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका १ रानीटार स्थित रत्न माया श्रेष्ठको घरबाट ३५ वटा बोरामा लुकाई छिपाई राखिएको १ हजार १ सय ४३ केजी २७५ ग्राम गाँजासहित दुई महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने अन्दाजी ४१ वर्षीया घरधनी रत्न माया श्रेष्ठ र कमला श्रेष्ठ रहेकी छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।