२०८२ जेठ १९ गते सोमवार / Jun 02 , 2025 , Monday
२०८२ जेठ १९ गते सोमवार
Ads

सरकारले आवश्यकता अनुसार बजेट ल्याउन सकेन : प्रभु साह

मध्यान्ह
२०८२ जेठ १७ गते २१:२५
सरकारले आवश्यकता अनुसार बजेट ल्याउन सकेन : प्रभु साह

जनकपुर : आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढ्दो बेथितिका कारण मुलुक धरासायी बन्दै गइरहेको बताएका छन् । 

‘दलाल दलतन्त्रको भण्डाफोर गरौं, गणतन्त्रको दिशामा अघि बढौं’ भन्ने नारासहित आजपाद्वारा शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले मुलुकलाई जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने बताए । 

अहिलेको दुई तिहाईको गठबन्धन सरकारले आम जनतामा असन्तुष्टि एवं निरासा बढ्दै गइरहेको भन्दै उनले त्यसलाई सम्बोधन गर्ने गरी सरकारले बजेट ल्याउन नसकेको बताए । 

‘वैदेशिक ऋण बढ्दै गइरहेको छ । व्यापार व्यवसाय धरासायी हुँदै गइरहेको छ’ उनले भने,‘तर सरकारले नेपालको पूँजी विदेश लैजाने बाटो खोलेर अर्थतन्त्रलाई डुबाउने काम गरेको छ । जनताको चाहना, आवश्यकता अनुसार सरकारले बजेट ल्याउन सकेको छैन् । मानव विकास सूचकांकमा पछाडि परेको मधेश र कर्णालीसँग सरकारको बजेटले पुरै विभेद गरेको छ ।’

सरकारको बजेटले नेपाललाई उजाड एवं जनतालाई निराश बनाउने किसिमको रहेको उनले टिप्पणी गरे । 

यस्तै साहले सिमावर्ती क्षेत्रमा रहेका प्रहरीले नेपाली जनताको निजी सम्पत्ती लुट्ने काम गरिरहेको पनि आरोप लगाए । सरकारले नक्कली भिजिट भिसाको नाममा मानव तस्करी गरिरहेको उनले बताए । उनले मानव तस्करी गरिरहेको सरकारले मधेशमा भन्सारको नाममा निजी सम्पत्ती लुट्ने काम आफूहरुलाई स्वीकार नभएको बताए । 

आजपा मधेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु रिता देवी साह, अशोक लामा, बिल्टू यादव, विजय यादव निर्विज,श्रीचन मुखिया, राधेश्याम साह लगायतको सहभागिता रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर