२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ मिल्समा लगानी गर्ने

Nada
२०८१ असार २५ गते २०:५१
Shares
एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ मिल्समा लगानी गर्ने

काठमाडौं : एनआईएमबी एस क्यापिटलको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्स र जगदम्बा स्पिनिङ मिलमा लगानी गर्ने भएको छ । एनआइबीएल र मिलबीच असार २४ गते विशेष लगानी सम्झौतामा हस्ताक्षर भएको हो ।

ncell

एनआईबीएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ अन्तर्गत दर्ता भएको प्राइभेट इक्विटी फण्ड हो । सम्झौतामा एनआईएमबी एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे तथा जगदम्बा मिलको तर्फबाट प्रबन्ध निर्देशक विष्णु न्यौपानेले हस्ताक्षर गरेका छन् । 

सन् २००५ मा स्थापना भएको जगदम्बा स्पिनिङ मिल्स नेपालको प्रिमियर धागो उत्पादक कम्पनी हो । यस कम्पनीले विशेष गरेर पोलिस्टर, पोलिस्टर भिस्कोज मिश्रित र एक्रिलिक धागो उत्पादन गर्दछ । कम्पनीको रुपन्देही, कमहरियास्थित कारखाना विष्णु न्यौपानेको नेतृत्वमा रहेको सौरभ ग्रुपको एक हिस्सा हो । जगदम्बा स्पिनिंङ मिल्सले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका उच्च गुणस्तरका सामानहरु उत्पादन गर्दै विश्वभर निर्यात गर्दै आएको छ ।

यस लगानीले जगदम्बा मिल्सलाई उत्कृष्ट धागो उत्पादकको रुपमा स्थापित गर्न र नाफा बढाउन मद्दत गर्नेछ । जगदम्बा स्पिनिंङ मिल्सले निकट भविष्यमा आईपीओ ल्याउने योजना बनाएको छ । जसले गर्दा कम्पनीको क्षमता ४० प्रतिशतले विस्तार गर्न सकिनेछ । एनआईएमबी एस क्यापिटलका प्रमुखकार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे भने, ‘उत्पादनको अधिकांश भाग निर्यात गर्ने जगदम्बा स्पिनिङ मिलसँग आवद्ध हुन पाउँदा एनआईबीएल इक्विटी पार्टनर्स निकै खुशी छ । हामी नेपालको अर्थतन्त्रलाई बढावा दिने र देशभित्रै रोजगारी सिर्जना गर्ने दिगो व्यवसायको विकासलाई सहजीकरण गर्न प्रतिबद्ध छौँ ।’

त्यस्तै, जगदम्बा स्पिनिंङ मिल प्रबन्ध निर्देशक विष्णु न्यौपानेले भने, ‘एनआईएमबी एस क्यापिटल र यसको प्राइभेट इक्विटी फण्डएनआईबीएल इक्विटी पार्टनर्स जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं, विस्तारको सम्भावना बोकेका कम्पनीहरुको लागि निजी इक्विटी लगानीको नयाँश्रोत हो जसले उद्यमीहरुलाई उनीहरुको व्यवसायलाई नयाँ उचाइमा लैजान मदत गर्छ ।’

जेएसएमले स्थापना गरेका दुई प्लान्टबाट दैनिक ५० मेट्रिक टन धागो उत्पादन गर्ने क्षमता रहेको छ । यसको उत्पादनको लगभग ९५ प्रतिशत मुख्यतया भारतीयबजारमा निर्यात हुन्छ । कम्पनीले दक्षिण एसियाली क्षेत्रलाई समावेश गर्न आफ्नो निर्यात रणनीतिलाई विविधीकरण गर्ने योजना बनाएको छ । जेएसएमले झण्डै एक हजार कामदारलाई रोजगारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर