२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सिजीको वासर ड्रायर वासिङ मेसिन बजारमा

Nada
२०८१ असार २५ गते २०:५२
Shares
सिजीको वासर ड्रायर वासिङ मेसिन बजारमा

काठमाडौं : सिजीले वर्षाको मौसमलाई लक्षित गर्दै छिटो र सहज ढंगले कपडा धुने र मेसिन भित्र नै सुक्ने प्रविधियुक्त, सिजी वासर एन्ड ड्रायर वासिङ मेसिन बजारमा ल्याएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उदेश्यले सिजीले यो वासिङ मेसिन बजारमा ल्याएको हो । उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाणुहरुलाई नाशगरी, हिट पम्प ड्राइङ टेक्नोलोजीमार्फत् कपडा मेसिन भित्र, सहजै रुपमा धुन अनि सुकाउन मिल्छ । 

ncell

बी ड्राइभ इन्भर्टर मोटरले एक हजार चार सय आरपिएममा कपडाहरु मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढङ्गले धुनका लागि प्रि वाश, नाईट वास, एक्स्ट्रा रिन्ज अनि स्पिड वाश जस्ता मोडहरु छन् । सिजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको छ र विभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नजिकैको सिजीे स्टोरहरुबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर