२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन- इँटको जवाफ पत्थरले दिनुस्, केही परे हामी छौं

मध्यान्ह
२०८२ जेठ १८ गते १८:००
नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन- इँटको जवाफ पत्थरले दिनुस्, केही परे हामी छौं

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजावादीप्रति लक्षित इँटको जवाफ पत्थरले दिनुपर्ने बताएका छन् । योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले राजावादीहरुप्रति कटाक्ष गर्दै आफूहरु कसैलाई पनि आक्रमण गर्न नजाने र शान्तिपूर्ण आन्दोलन गर्ने बताए । उनले माओवादीमाथि कोही जाइलाग्छ भने त्यसलाई इँटको जवाफ पत्थरले दिन निर्देशन दिँदै केही परे आफूहरु रहेको  भन्दै सान्त्वना दिए ।

जरुरी परेको खण्डमा जस्तोसुकै विद्रोह पनि गर्न सकिने अध्यक्ष प्रचण्डको चेतावनी थियो । माओवादीले चलाएको अभियान आवश्यक परेको बेलामा अर्को क्रान्तिको तयारी भएको उनले बताए । अध्यक्ष प्रचण्डले आउने दिनमा क्रान्ति गरेर वा निर्वाचनबाट नेपाल माओवादीले लिनैपर्ने नत्र बर्बाद हुने बताए ।

अध्यक्ष प्रचण्डले गणतन्त्रको रक्षा गर्ने माओवादी केन्द्रकै जिम्मेवारी रहेको बताए ।

ADV

सम्बन्धित खबर