२०८२ जेठ २१ गते बुधवार / Jun 04 , 2025 , Wednesday
२०८२ जेठ २१ गते बुधवार
Ads

'चीन भ्रमण फलदायी र उपलब्धिमूलक'

मध्यान्ह
२०८२ जेठ १९ गते १२:२१
'चीन भ्रमण फलदायी र उपलब्धिमूलक'

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमबार स्वदेश फिर्ता भएकी छन् । उनी सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएकी हुन् ।

उनी जेठ १ गते चीन भ्रमणमा गएकी थिइन् । उनीसँगै नेकपा एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी लगायत पनि चीन भ्रमणमा गएका थिए ।

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण फलदायी र उपलब्धिमूलक रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताए । मन्त्री भण्डारीकाअनुसार भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गरेकी थिइन् ।

भ्रमणका क्रममा चीन–नेपालबीचको द्विपक्षीय सहयोग आदानप्रदान, सांस्कृति सम्बन्ध, अर्थ कुटनीति लगायतका विषयमा छलफल भएको मन्त्री भण्डारीले बताए । उनले चीन–नेपालबीचमा विगतमा भएका समझदारी एवं सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको तथा चिनियाँ पक्षले विगतमा भएका समझदारी कार्यान्वयनका लागि प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए । 

पूर्वराष्ट्रपति भण्डारीले चीनमा पाएको उच्चस्तरको सम्मानपछि नेपालमा वाम शक्ति एकीकरण, नेतृत्व स्वीकार्यतालाई चीनले सकारात्मक रुपमा लिएको विश्लेषणहरु हुन थालेका छन् ।

ADV

सम्बन्धित खबर