२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

गृहमन्त्रीको राजीनामाबाट माओवादी टसमस नहुने

राजीनामा नआएसम्म संसद अवरोध जारी राख्ने

Nada
२०८२ जेठ १९ गते १७:०७
Shares
गृहमन्त्रीको राजीनामाबाट माओवादी टसमस नहुने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरोध यथावत् रहने निर्णय गरेको छ ।

ncell

सिंहदरवारमा सोमबार भएको पार्टीको संसदीय दलको बैठकले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै राख्ने निर्णय गरेको हो ।

बैठक पछि उपमहासचिव वर्षमान पुनले भने, ‘भोलिको अवरोध यथावत् नै रहन्छ । गृहमन्त्रीज्युले मार्ग प्रसस्त नगरेसम्म अवरोध कायमै रहन्छ । भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ । किनकि त्यहाँ अनियमितता भएको छ । भ्रष्टाचार भएको छ ।’ 
मंगलबार संसद बैठक बस्नुअघि पनि प्रतिपक्षी दलहरू बसेर रणनीति बनाउने पनि पुनले बताए । 

‘जुन परिस्थिति छ, उहाँ (गृहमन्त्री रमेश लेखक) ले पठाएपछि सहसचिव त्यहाँ जाने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने, उहाँकै सचिवालयमा यस्तो केसमा परेकाहरू हुने, यस्ता अस्वाभाविक गतिविधिहरू हामीले देख्यौँ, यसले उहाँलाई पनि विवादमा तान्यो,’ उनले भने, ‘यसका लागि छानबिन आयोग बन्नुप¥यो । तर, उहाँमाथि प्रश्न उठिसकेपछि राजीनामा दिएर मार्गप्रसस्त गर्दा नै उपयुक्त हुन्छ ।’

त्यस्तै सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको माओवादीले निष्कर्ष निकाल्दै समर्थन गर्न लायक नभएको ठहर गरेको छ । 

बैठकमा पार्टीभित्रका विज्ञहरू मीनबहादुर श्रेष्ठ, रामकुमार फुयाँल, रामनारायण विडारी, डीपी ढकाललगायतसँग बजेटबारे सांसदहरूले अन्तरक्रिया गरेका थिए ।
 

सम्बन्धित खबर