काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोशिएशनले विपन्न अवस्थामा रहेका नेपाली कामदारहरुलाई चार्टर्ड विमानको चर्को भाडाबाट बचाउन सरकारसँग माग गरेको छ । एशोशिएशनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् ।
विगत एक वर्षदेखि नेपालमा नियमित उडानहरु कम भएको, केही अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले नेपालका उडानहरु बन्द गरेको र हाल भारतीय कामदारहरु समेत नेपालको अन्तर्राष्टिय विमानस्थल प्रयोग गरी विदेशिने क्रम बढेको भन्दै अध्यक्ष ढकालले विज्ञप्तिमा हाल विमानको भाडादर अपत्यारिलो गरी वृद्धि भएको उल्लेख गरेका छन् ।
२० देखि २२ हजारमा पाइने जहाज टिकटलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुले ९० हजार रुपैयाँसम्म हाल्नुपर्ने बाध्यता सिर्जना गरी समस्यामा परेका यात्रुलाई विमान कम्पनीहरुले आफनो आर्थिक स्वार्थ पूरा गर्ने मााध्यम बनाएको भन्दै अध्यक्ष ढकालले यस्तो अवस्थामा नेपाल सरकारले नियमित उडानलाई स्थगित गरेर चार्टर्ड उडानहरुलाई अनुमति दिँदा टिकटको मूल्य थप आकाशिने र विमान कम्पनी तथा चार्टर्डकर्ताहरुमा मनोमानी अझ बढ्ने सम्भावना रहेकाले त्यसतर्फ सचेत हुनुपर्नेमा सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
विदेशबाट आउने, छुट्टी सकेर फर्किने कामदार तथा अत्यावश्यक परी यात्रा गर्नुपर्ने बाध्यता भएकाहरुलाई यसले नराम्ररी प्रभावित गर्ने भन्दै अध्यक्ष ढकालले सम्बन्धित देशहरुलेसमेत नेपालबाट हुने उडानहरुलाई कुनै प्रतिबन्ध नलगाएको अवस्थामा स्वास्थ्य सम्बन्धी आवश्यक प्रक्रिया अपनाएर नियमित उडानलाई नै निरन्तरताका लागि पहल हुनुपर्ने माग समेत विज्ञप्तिमार्फत गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies