२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कर्णालीमा सवारी मर्मत खर्च अधिक

ADV
कुलेन्द्र शाही
२०८१ असार २६ गते ०६:५५
कर्णालीमा सवारी मर्मत खर्च अधिक

सुर्खेत : कर्णाली प्रदेशसभाका सांसदहरुले पछिल्लो एक वर्षमा गाडी मर्मतका ४९ लाख बढी रकम खर्च गरेको पाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को जेठसम्म कर्णालीका ४० जना सांसद तथा कर्मचारीहरुले गाडी मर्मतमा ४९ लाख बढी रकम खर्च गरेको अभिलेख छ ।

४० जना सांसदहरुमा अधिकांशले गाडी मर्मत खर्च भन्दै सचिवालयबाट रकम लिए पनि केही सांसदले भने रकम नलिएको प्रदेश सभा सचिवालयले मध्यान्हलाई उपलब्ध गराएको तथ्यांक्कमा उल्लेख छ । उनीहरुले ४९ लाख २५ हजार ७४ रुपैयाँ खर्च भएको छ । 

यसरी गाडी मर्मतमा अधिक रकम खर्च गरेपछि सरकारको निकै आलोचना भएको छ । 

गाडी मर्मतमा बढी रकम खर्च गर्ने सांसदहरुमा सबैभन्दा बढी कल्याणी खड्का छिन् । उनले एकै वर्षमा ७ लाख १९ हजार २ रुपैयाँ खर्च गरेकी छिन् । 

यस्तै, सांसद दुर्गबहादुर रावतले ६ लाख ९२ हजार ३ सय २८, घनश्याम भण्डारीले ५ लाख ४६ हजार ५ सय ९५ रुपैयाँ खर्च गरेका छन् । 

४ लाख ४ हजार ६ सय २० रुपैयाँ प्रदेश सभा सचिव जिवराज बुढाथोकी चढ्ने गाडीमा खर्च भएको सचिवालयका सुचना अधिकारी उपेन्द्र गुरुङले जानकारी दिए । 

यस्तै, सांसद हिक्मत विष्टले ३ लाख ३० हजार ३ सय ९१ रुपैयाँ, जीत बहादुर मल्लले २ लाख २९ हजार ८ सय ९२, टेकराज पछाईले ३ लाख ७ हजार ८ सय ६५ खर्च गरेका छन् ।

रनसिङ परियारले २ लाख १७ हजार ९ सय ८०, उपसभामुख यसोदा न्यौपानेले एक लाख ६८ हजार ९८ रुपैयाँ, मुख्यमन्त्री यामलाल कँडेलले ७५ हजार ८ सय ३ र जीवन बहादुर शाहीले ७३ हजार ७ सय ८९ रुपैयाँ खर्च गरेको सुचना अधिकारी गुरुङले जानकारी दिए । 

प्रदेशका कानुन् विद् अर्जुन भुसाल चढ्ने गाडीमा ४ हजार ३ सय ५० रुपैयाँ खर्च भएको छ । 

कार्यालय प्ररियोजन प्रयोग हुने बा २ झ ५५१ र बा २ झ २४०१ नम्बरको गाडीमा मात्रै ६ लाख १५ हजार ७ सय ९३ रुपैयाँ खर्च भएको छ भने उपसचिव चढ्ने गाडीमा ९३ हजार ४ सय ५१ रुपैयाँ खर्च भएको छ । 

यता प्रदेश सभा सचिव जीवराज बुढाथोकीले आफ्नो गाडीमा ४ लाख बढी खर्च आउनु सामान्य भएको बताए । 

उनले आफु चढ्ने गाडी पुरानो भएको र विभिन्न कार्यक्रम जाने भएकाले खर्च बढी आएको बताए । 

‘म विभिन्न कार्यक्रममा जान्छु । त्यति मात्रै होइन् काठमाडौँ तथा अन्य प्रदेशमा पनि गाडीमै जान्छु’ उनले भने, ‘गाडी समेत पुरानो हो । त्यही भएर खर्च बढी आयो होला । तर यो खर्च सामान्य हो ।’ 

सांसद कल्याणी खड्काले आफ्नो गाडी गत असार ९ गते दुर्घटनामा परेकाले खर्च बढी आएको बताइन् । उनले गाडी पुरानो र दुर्घटनामा परेर ध्वस्त भएकाले ७ लाख खर्च आएको बताइन् । 

‘म गत वर्ष चौरजहारीमा दुर्घटनामा परें । गाडी पनि पुरानो थियो । त्यसैमा दुर्घटनामा परेर ध्वस्त भयो । त्यही भएर मर्मत खर्च यति धेरै आयो होला’ उनले भनिन् । 

यस्तै, सांसद घनश्याम भण्डारीले बाटोको समस्याले गाडी मर्मत खर्च बढी आएको बताए । 

‘म कर्णालीका ३ जिल्लामा गएको छैन् । अन्य ७ जिल्लामा गाडी गएको छु । बाटोको समस्या त्यस्तै छ’ त्यसैमा गाडी पुरानो भयो । त्यसैले केही रकम बढी आयो होला’ उनले भने ।’ 

उनले पहिलेका सांसद भन्दा आफुहरु अनुगमन तथा विभिन्न कार्यक्रमहरु बढी जाने भएकाले पनि खर्च बढी आएको बताए । 

प्रदेश सभाका समितिका सभापति रहेका दलका नेताहरूले प्रयोग गर्ने गाडी बिग्रियो भने शुरूमा मर्मत गर्ने ग्यारेजमा देखाइन्छ । प्रदेश सभा सचिवालयका सुचना अधिकारी गुरुङले गाडी मर्मत रकम भुक्तानी कम्पनीको नाम दिने गरेको बताए । 

‘गाडी मर्मतको रकम दाबी ग्यारेजले गर्दछ र मर्मत कार्य गर्दा पहिले के के मर्मत गर्ने सोको अनुमानित खर्च अर्थात स्टिमेट पेश भएर हुने गर्दछ’ उनले भने । 

ADVADV

सम्बन्धित खबर

Advertise