२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रेड पाण्डा चोरी गर्न खोज्ने २ जना पक्राउ

shivam cement
२०८२ जेठ २० गते १५:३८
Shares
रेड पाण्डा चोरी गर्न खोज्ने २ जना पक्राउ

ललितपुरः ललितपुर महानगरपालिका–४ जावलाखेलस्थित सदर चिडियाखाना भित्र प्रदर्शनीमा राखिएको दुर्लभ प्रजातीको रेड पाण्डा (हाब्रे) चोरी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरूङ र भारत विहार वैशाली हाजीपुर थाना ग्राम पटना–३ वागटोल घर भएका २६ वर्षीय मोहमद तफिक रहका छन् । 

सदर चिडियाखानामा रहेको उक्त रेड पाण्डा गत वैशाख ३० गते राति चोरी गर्न खोजेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी उद्योग कसुरमा ५ दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।   

सम्बन्धित खबर