२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रचण्डको ध्यान : विपक्षी मोर्चा

ADV
दिवाकर अधिकारी
२०८१ असार २६ गते ०७:००
प्रचण्डको ध्यान : विपक्षी मोर्चा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विगत १८ महिनादेखि सरकारको नेतृत्वमा छन् । कांग्रेससँग सत्ता समीकरणमा रहँदा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले वामपन्थी र समाजवादी दलहरूलाई समेटेर समाजवादी मोर्चा बनाएका थिए । 

४ असार २०८० मा घोषणा भएको समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन् । मोर्चाको नेतृत्व आलोपालो हुने सहमति अनुसार माधव नेपाल र नेकपामा नेत्रविक्रम चन्द विप्लवले नेतृत्व सम्हालेका छन् । हाल यो मोर्चाको संयोजकमा विप्लव नै छन् । यो मोर्चाले जिल्ला तहसम्म संरचना विस्तार गरिसकेको थियो ।

तर, २१ फागुन २०८० मा एमाले सत्तामा गएपछि मोर्चाको गतिविधि ठप्प प्राय भएको थियो । एमालेले सरकारमा संगै रहेका दलहरूका बीचमा छुट्टै मोर्चा आवश्यक नरहेको एमालेको तर्क थियो । साथै, मोर्चामा आवद्ध हुन मोर्चाले गरेको आग्रह एमालेले अस्वीकार गरेको थियो । त्यसपछि सिथिल भएको समाजवादी मोर्चा फेरि अगाडि बढाउन खोजिएको छ ।

सत्ताच्युत हुने भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विपक्षमा रहने दलहरुको मोर्चाबन्दी कस्नेतिर केन्द्रित भएका हुन् । नेताहरूका अनुसार विपक्षमा रहने दलहरूबीच संवाद सुरु भइसकेको छ ।

सत्ताच्युत हुने भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षमा रहने दलहरुका बीचमा मोर्चाबन्दी कस्नेतिर केन्द्रित भएका हुन् । नेताहरूका अनुसार विपक्षमा रहने सम्भावित दलहरूबीच संवाद सुरु भइसकेको छ । 

कांग्रेस र एमालेले नयाँ सरकार बनाउनेसहितको सहमतिमा पुगेका छन् । यो सँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदैछन् । विश्वासको मत नपाउने निश्चित जस्तै छ ।

विश्वासको मत नपाएपछि माओवादी प्रमुख प्रतिपक्षी दलको रुपमा रहनेछ । यस्तो अवस्थामा विपक्षमा रहेका दलहरुको मोर्चा कसिलो बनाउने प्रयासमा माओवादी लागेको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नै समाजवादी मोर्चालाई अघि बढाउन इच्छुक भएपछि विपक्षमा रहने सम्भावित दलहरुको मोर्चाबन्दी हुने भएको हो ।

समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चालाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताए । नेपालमा समाजवादका पूर्वाधार निर्माण र त्यसतर्फको यात्राका लागि मोर्चा आवश्यक रहेको उनको भनाइ छ । 

‘हामीले समाजवादी मोर्चा नयाँ तरिकाले अघि बढाउन चाहेका छौँ । विभिन्न घटक र समूहसँग कुरा भएको छ । पाँच वटा घटक एक ठाउँमा हुन तयार छन्’ उनले भने, ‘उपेन्द्र यादवको जसपालाई पनि ल्याउन खोजेका छौँ ।’ 

यादव नेतृत्वको जसपा नेपाल फुटेर जसपा बनेको छ । यी दुवै दल आउने सम्भावना कम रहेको नेताहरू बताउँछन् ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फुटेर रहेको महिन्द्र यादव नेतृत्वको पार्टी पनि छ । उक्त पार्टीलाई समेत मोर्चामा सहभागी गराएर अघि बढाउने तयारी गरिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise