काठमाडौं : वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा आधा भन्दा बढीले घढेको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ५५.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १५ प्रतिशतले घटेको थियो ।
नौ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनी तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण हुने नेपालीको संख्या भने पुनः श्रम स्वीकृति लिने नेपालीको भन्दा करिब दश प्रतिशत बढी अर्थात् ६६.७ प्रतिशतले घटेको छ ।
वैदेशिक रोजगारमा जाने कामदारहरुको संख्या घटेपनि नेपाल आउने रेमिट्यान्सको परिमाण बढेको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ७ खर्ब २९ अर्ब रुपैयाँभन्दा धेरैको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ७ खर्ब २९ अर्ब २ करोड रेमिट्यान्स भित्रिएको छ । यो रकम गत वर्षको यही अवधिको तुलनामा १६.५ प्रतिशतले धेरै हो । गत वर्ष यस अवधिमा अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स ४ दशमलव २ प्रतिशतले घटेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies