२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

कृषि विकास बैंकद्वारा सामुदायिक सेवा केन्द्रलाई फर्निचर हस्तान्तरण

ADV
मध्यान्ह
२०८१ असार २६ गते ११:४२
कृषि विकास बैंकद्वारा सामुदायिक सेवा केन्द्रलाई फर्निचर हस्तान्तरण

काठमाडौं : कृषि विकास बैंक कोशी प्रदेश कार्यालयले गोपीकृष्ण मणिकर्णिका सामुदायिक सेवा केन्द्रलाई १ सेट फर्निचर र कार्पेट हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ग्रामथान गाउँपालिका झोराहाट मोरङमा रहेको गोपीकृष्ण मणिकर्णिका सामुदायिक सेवा केन्द्रलाई १ सेट फर्निचर र कार्पेट हस्तान्तरण गरेको हो ।

करिब १ लाख बराबरको उक्त फर्निचर सेवा केन्द्रका अध्यक्ष प्रयाग न्यौपानेलाई बैंकका कोशी प्रदेश प्रमुख रन्जन खनालले हस्तान्तरण गरे । स्थानीय सामजसेवी कृष्णप्रसाद खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रम संस्थाका अध्यक्ष न्यौपानेले सञ्चालन गरेका थिए भने नीमा नेपालले प्रमुख अतिथि र अतिथिहरुलाई स्वागत गरेकी थिइन् ।

कार्यक्रममा बैंकका तर्फबाट सुरेन्द्र अधिकारी, ठाकुर प्रसाद ओझा, जीवन घिमिरे, पंकजमणि पौडेलल, वडा नम्बर २ का वडा सदस्य गोपाल न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise