२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

मध्यान्ह
२०८२ जेठ २२ गते १४:५१
जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

बाँकेः १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका–६ कोठापुर बस्ने २५ वर्षीय चिराग खानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

चिरागले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस्तै रसुवामा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा आमाछोदिङमो गाउँपालिका–५ तातोपानी बस्ने २४ वर्षीय फुर्पु नाम्घेल तामाङ र २२ वर्षीय दावा नुर्पु तामाङ रहेका छन् । 

उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी थाम्बुचेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

सम्बन्धित खबर