२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

स्याङ्जामा बजारमा अनुगमन

मध्यान्ह
२०८२ जेठ २२ गते १६:१३
स्याङ्जामा बजारमा अनुगमन

स्याङ्जा : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखराले कृषि ज्ञान केन्द्र स्याङ्जाको समन्वयमा पसलहरूको अनुगमन तथा निरीक्षण गरेको छ । पुतलीबजार नगरपालिकामा रहेका ३२ वटा पसलहरूको अनुगमन तथा निरीक्षण गरिएको हो । खाद्य, किराना पसल, तरकारी, फलफूललगायतका पसलहरूको अनुगमन तथा निरीक्षण गरिएका हुन् ।

अनुगमनका क्रममा केही पसलमा मूल्य सूची नराखिएको, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ राखिएको, पसलमा बोर्ड नराखिएको भेटिएको छ । अखाद्य वस्तुहरूलाई तत्कालै नष्ट गरिएका छन् । ती खाद्य तथा पेय वस्तु तत्कालै नष्ट गरि पुनः यस्ता कार्य नगर्न सुझाव दिएएको खाद्य अनुसान्धान अधिकृत कुमार भण्डारीले जानकारी दिए ।

पसल सञ्चालकलाई मुल्यसूची राख्न, म्याद गुज्रेका खाद्य तथा पेय वस्तु छुट्टाएर राख्न, पसलको बोर्ड राख्न र पुनः यस्ता गल्ती नदोहोर्‍याउनसमेत सुझाव दिइएको छ । क्रेता तथा बिक्रेता दुबैले स्वस्थ्य खाद्य वस्तुको उपयोग गरी स्वस्थ्य रहंन भन्ने उद्देश्यले कृषि तथा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यस्ता अभियान सुरू गरेको मन्त्रालयका उपसचिव पुष्पराज बरालले बताए ।  


 

ADV

सम्बन्धित खबर