२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

बाढीले ५ वटा काठेपुल बगायो

shivam cement
२०८२ जेठ २२ गते १६:२३
Shares
बाढीले ५ वटा काठेपुल बगायो

संखुवासभा : उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले ५ वटा काठेपुल बगाएको छ । बुधबारको बाढीले भोटखोला वडा नम्बर १, २ र १, ३ जोड्ने धुङगोपा खोलाका २ वटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

बाढीले भोटखोला १ र ३ जोड्ने घङजुङमा खोलाको काठेपुल पनि बगाएको छ । भोटखोला–१ र ३ जोड्ने छोकाङ खोला, भोटखोला–१ र ३ जोड्ने माप्च्या खोलाको पुल पनि बगेको छ । 

यसैबीच, केही दिनअघिको बाढीले भोटखोला गाउँपालिका–३ मा निर्माण भएका २ वटा साना जलविद्युत् आयोजना बगाएपछि २५० घर विद्युतविहीन भएका छन् । बाढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको हटिया र हुङहुङ सडक बगाएको छ । 

बाढीका कारण खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । 
 

सम्बन्धित खबर