२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

भ्रष्टाचार गर्नेलाई टुँडिखेलमा उभ्याउनुपर्छः सांसद सुवाल

shivam cement
मध्यान्ह
२०८२ जेठ २२ गते १८:०७
भ्रष्टाचार गर्नेलाई टुँडिखेलमा उभ्याउनुपर्छः सांसद सुवाल

काठमाडौंः नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरुलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्ने बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले सरकारमा गएर भ्रष्टाचार गर्ने र त्यसैले जनतालाई भोज खुवाएर पुनः चुनाव जित्ने र फेरि सरकारमा आएर भ्रष्टाचार गर्ने काम भइरहेको बताए । उनले नेपालको सार्वजनिक ऋण २७ खर्ब पुगेको भन्दै नेपालीलाई ऋण बोकाएर घ्यु भात खानेहरुलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए । 

सांसद सुवालले भने, ‘सरकारमा गएर भ्रष्टाचार गर्ने, त्यही पैसा जनतालाई सामान बाँडेर, भोज खुवाएर चुनाव जित्ने, फेरि सरकारमा गएर भ्रष्टाचार गर्ने । विदेशीसँग र नेपालीसँगको सार्वजनिक ऋण २७ खर्ब पुग्यो । यसरी नेपालीलाई ऋण बोकाएर घ्यु भात खाने कोको हुन् ? सबैलाई अब टुँडिखेलमा उभ्याउनै पर्छ । गिरिबन्धु, भिजिट भिसा, सुन काण्ड, नक्कली भूटानी शरणार्थी, जहाँ जहाँ जसले पैसा खाएको छ नेपाली जनताले अब यसरी नै नाङ्घेझार बनाउनु पर्छ । भ्रष्टाचार जहाँ निर्णय भएपनि कारबाही हुनुपर्छ ।’

सांसद सुवालले भ्रष्टाचारीलाई कुनै हालतमा छोड्न नहुने बताए । 

ADV

सम्बन्धित खबर

Advertise