२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

भिडोल लुब्रिकेन्टको नेपालमै उत्पादन शुरु

ADV
मध्यान्ह
२०८१ असार २६ गते १२:३७
भिडोल लुब्रिकेन्टको नेपालमै उत्पादन शुरु

काठमाडौं : विश्व प्रख्यात लुब्रिकेन्ट ब्राण्ड भिडोलले नेपालमै उत्पादन शुरु गरेको छ । भिडोललाई नेपालमा युनाइटेड लुब्रिकेन्ट प्रा.लि.ले उत्पादन गर्न शुरु गरेको हो । भिडोल इन्टरनेशनल, युकेसँग ट्रेडमार्क लिइ यसको उत्पादन नेपालमै शुरु गरिएको कम्पनीका विजनेस हेड दिनेश खनालले बताए । 

अटोमोटिभ र इन्डष्ट्रियल प्रयोजनमा प्रयोग हुने सबै रेन्जका भिडोल लुब्रिकेन्ट उत्पादन शुरु गरिएको खनालले जानकारी गराए । ‘हामीले भिडोल इन्टरनेशनलसँग टेक्नोलोजी ट्रान्सफर गरी यसको ट्रेडमार्क प्रयोग गरेर लुब्रिकेन्ट उत्पादन थालेका हौं । अन्तर्राष्ट्रियरुपमा उपलब्ध हुने एपीआईलगायतका विभिन्न गुणस्तर प्रमाण चिह्न पाए बराबरको गुणस्तर यसमा हुनेछ । लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय प्रयोग गरेका छौं,’ उनले भने । 

धनुषाको ढल्केवरमा ब्लेन्डिङ प्लान्ट स्थापना गरेको युनाइटेड लुब्रिकेन्टले यसअघि स्वदेशी ब्राण्ड नेपाल गोल्डलाई बजारमा ल्याइसकेको छ । सोही प्लान्टबाट अब भिडोल लुब्रिकेन्ट समेत उत्पादन गर्न शुरु गरिएको हो । यो लुब्रिकेन्ट यसअघि भारतबाट आयात हुँदै आएको थियो ।

अटोमोबाइल पार्ट्सको व्यवसाय गर्दै आएको अग्रणी कम्पनी सत्यदीप ग्रुपको अगुवाइमा युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजको स्थापना भएको हो । भिडोल नेपालमै उत्पादन हुने गल्फपछिको दोस्रो बहुराष्ट्रिय ब्राण्ड बनेको छ ।

भिडोल लुब्रिकेन्ट नेपाली बजारमा सन् २०१२ देखि नै उपलब्ध छ । यो लुब्रिकेन्ट सवारी साधनतर्फ मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा हेभी इक्विपमेन्टमा प्रयोग भइरहेको छ । साथै यसको प्रयोग उद्योगहरुमा पनि हुँदै आएको छ । भिडोललाई विश्वका प्रायः सबैजसो ठूला र प्रख्यात अटो उत्पादकले आफ्नो सवारी साधनमा ओइएम प्रोडक्टमा रुपमा प्रयोग गर्न सिफारिस गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise