२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

साढे ८ अर्ब बिगो दाबीसहित अख्तियारले दायर गर्‍यो १५ सय २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८१ असार २६ गते १२:४१
Shares
साढे ८ अर्ब बिगो दाबीसहित अख्तियारले दायर गर्‍यो १५ सय २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : १ वर्षको अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ सय २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्रदेश सरकारका मन्त्री सांसद, नेपाल सरकारका मुख्य सचिव, सचिव, स्थानीय तहका प्रमुख/उपप्रमुखसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

ncell

२०८० साउनदेखि २०८१ असार २५ सम्म अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रअनुसार प्रतिवादीमध्ये प्रदेश सरकारका मन्त्री सांसद, पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित १ सय जना जनप्रतिनिधि छन् । त्यस्तै मनोनीत पदाधिकारी १ सय ८१ जना छन् । भ्रष्टाचार मुद्दा दायर भएकामा नगरपालिकाका मेयर १६ जना, उपमेयर ११ जना, गाउँपालिकाका अध्यक्ष ७ जना, उपाध्यक्ष ८ जना, वडाध्यक्ष ४२, कार्यपालिका सदस्य र वडा सदस्य ७/७ जना गरी कुल १ सय १ जना छन् ।

त्यस्तै नेपाल सरकारका उच्च पदस्थ कर्मचारीदेखि खरिदार तहसम्मका कर्मचारी पनि भ्रष्टाचार मुद्दामा प्रतिवादी बनेका छन् । भ्रष्टाचार मुद्दा दायर भएका मध्ये घूससहित पक्राउ पर्नेमा ४० जना छन् । जसमध्ये २९ जना कर्मचारी छन् ।

अख्तियारको अभिलेखअनुसार यो अवधिमा मुख्यसचिवसहित विशिष्ट श्रेणीका १२ जना, सहसचिव तहका २५ जना, उपसचिव तहका ७२ जना, शाखा अधिकृत तहका १६७ जना, लेखापाल ५४ जना, नासु तहका १४४ जना, खरिदार तहका ३१ र कार्यालय सहयोगी २ गरी राष्ट्रसेवक कर्मचारीतर्फ ५ सय २० जनाविरुद्ध मुद्दा दायर भएको छ ।

मुद्दा दायर गरिएका प्रतिवादीहरूविरुद्ध करिब साढे ८ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो कायम गरिएको छ । यो अवधिमा अख्तियारले विशेष अदालतमा २ सय १ वटा अभियोग पत्र दायर गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर