२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

आज रूसी भाषा दिवस विविध कार्यक्रमका साथ मनाइँदै

मध्यान्ह
२०८२ जेठ २३ गते १०:०४
आज रूसी भाषा दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ : आज रूसी भाषा दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यहाँस्थित रूसी सांस्कृतिक केन्द्रको आयोजनामा आज अपराह्न एक कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । 

आधुनिक रूसी साहित्यका संस्थापक अलेक्ज्याण्डर सर्गेइभिच पुष्किनको २२६ औँ जयन्तीका रूपमा पनि यो दिवस मनाइन्छ । 

संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी सञ्चार विभागले २०१० मा गरेको प्रयासस्वरुप त्यसयता हरेक वर्ष ६ जुनमा रूसी भाषा दिवस मनाउन थालिएको हो ।  संयुक्त राष्ट्रसङ्घमा पनि आज यो दिवस विविध कार्यक्रमका साथ मनाइने उक्त विश्व संस्थाले जनाएको छ । 

राष्ट्रसङ्घका अनुसार रूसी भाषा उक्त संस्थामा प्रयोग हुने छ वटा आधिकारिक भाषामध्येको एक हो । यो भाषा दिवसको उद्देश्य बहुभाषिकता र सांस्कृतिक विविधता मनाउनु र संस्थामा सबै छ वटा आधिकारिक भाषाको समान प्रयोगलाई प्रवद्र्धन गर्नु हो । 

ADV

सम्बन्धित खबर