२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाऔं : न्यायाधीश मल्ल

मध्यान्ह
२०८२ जेठ २३ गते १३:१४
सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाऔं : न्यायाधीश मल्ल

काठमाडौं : सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएकी छन् ।

शुक्रबार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारी विद्यालयमा गुणात्मक शिक्षामा लगानी बढाउन आग्रह गरिन् ।

उनले विद्यालय शिक्षाको ज्योती छर्ने थलो मात्रै नभइ चेतना जन्माउने र बुद्धिमता सिर्जना गर्ने थलो भएको बताइन् । 

न्यायाधीश मल्लले भनिन्, ‘विद्यालय शिक्षाको ज्योती छर्ने थलो मात्रै होइन । यो चेतना जन्माउने थलो हो । बुद्धिमता सिर्जना गर्ने थलो पनि हो । सरकारी स्कुलमा गुणात्मक शिक्षा लगानी गर्ने र निजी स्कुलसँग प्रतिष्पर्धा गर्नसक्ने वातावरण बनाइदिनु भयो भने तपाईंले भनेका सबै कुरा पूरा हुन्छन् ।’

न्यायाधीश मल्लले सबैकुरा पद, ओहोदा र आर्थिक शक्ति मात्रै नभएको उल्लेख गर्दै जिम्मेवारीको अनुभूतिले सफल बन्न मद्दत पुग्ने बताइन् ।

ADV

सम्बन्धित खबर