२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्राधिकरणले काट्यो तीन उद्योगको लाइन 

ADV
मध्यान्ह
२०८१ असार २६ गते १३:५७
प्राधिकरणले काट्यो तीन उद्योगको लाइन 

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्न आलटाल गर्ने तीन उद्योगको विद्युत् काटेको छ । प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्ट विद्युत् काटेको हो ।

रिलायन्स ६० करोड २९ लाख, घोराही र अर्घाखाँची सिमेन्ट क्रमशः ४० करोड ६८ लाख र ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । यी उद्योगहरूलाई प्राधिकरणले २५ प्रतिशत जरिवानासहित बिल पठाएको छ ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको बक्यौता उठाउनलाई उद्योगहरूलाई बिल पठाएको हो । उद्योगहरूले ६ अर्बभन्दा धेरै बक्यौता तिर्न बाँकी रहेको छ । 

लोडसेडिङको समयमा उद्योगहरुले प्रिमियम शुल्क लाग्ने डेटिकेटेड तथा ट्रंक लाइन मार्फत् बिजुली उपभोग गर्न पाएका थिए । उद्योगहरूले नियमित महसुल तिरे पनि प्रिमियम शुल्क नतिरेपछि विद्युत् प्राधिकरणले बक्यौता तिर्न भन्दै पत्राचार गरेको थियो । 

यसअघि पनि प्राधिकरणले यहीं विषयलाई लिएर २ पुस २०८० का दिन विभिन्न उद्योगको बिजुलीको लाइन काटेको थियो । प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेको उद्योगहरूको क्रमशः लाइन काट्ने बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise